पशुपन्छीजन्य वस्तु किनेर ल्याइरहेकै अवस्थामै ‘आत्मनिर्भर’ घोषणा गर्दै सरकार

काठमाडौं । पशुपन्छीजन्य वस्तुमा परनिर्भरता कायम रहेकै अवस्थामा सरकारले आत्मनिर्भर भएको घोषणा गर्ने तयारी गरेको छ । आज कृषि तथा पशुपन्छी विकास मन्त्रालले आयोजना गर्न लागेको कार्यक्रममा प्रधानमन्त्रीले देश ‘पशुपन्छीमा आत्मनिर्भर’ भएको घोषणा गर्ने भएका हुन् ।

 

सरकारले पशुजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गर्ने सुखद भए पनि वास्तविकता भने अर्कै रहेको छ । दाना, मासु, दूध लगायत वस्तु आयात गर्नुपर्ने अवस्था छ । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन सकेको छैन ।

 

आत्मनिर्भर उन्मुख अवस्थामै आत्मनिर्भर घोषणा गर्नु प्रधानमन्त्रीको ‘नौटंकी’ मात्र भएको कृषक तथा अधाकारकर्मी बताउँछन् ।

 

पशुजन्यवस्तु आयात गरिरहेकै अवस्थामा सरकारले आत्मनिर्भर घोषणा गर्नु आधारबिनै काम गरेको देखाएर जसलिन खोजेको सरोकारवालाहरु बताउँछन् । आत्मनिर्भर उन्मुख अवस्थामै आत्मनिर्भर घोषणा गर्नु प्रधानमन्त्रीको ‘नौटंकी’ मात्र भएको कृषक तथा अधाकारकर्मी बताउँछन् ।

 

राष्ट्रिय कृषक महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी पशुपन्छीमा आत्मनिर्भर घोषणा गर्नु ‘नौटङकी’ नै रहेको बताउँछन् । उनले आगामी आर्थिक वर्षका लागि बजेट सिलिङ ३७ अर्ब रूपैयाँबाट घटाएर ३१ अर्बमा पुर्याउनु अनि कृषिमा वैदेशिक लगानी भित्राउन विदेशीका लागि रातो कापेर्ट बिच्छाएर आत्मनिर्भर घोषणा गर्नु एक नाटक मात्र रहेको बताउँछन् ।

 

उनले कुखुरा उत्पादन गरे पनि उत्पादनका लागि दानाका लागि मकै आयात गर्नु पर्ने अवस्थामा यसलाई आत्मनिर्भर भन्न नसकिने बताए । ‘यो नौटङकी नै हो, बजेट सिलिङ घटाइएको छ, यो भनेको कृषिलाई प्राथमिकताबाट निकाल्नु हो, कुखुरा उतपादनका लागि वर्षेनी १० अर्ब बढिका दाना आयात गर्नुपर्छ, यसमा आत्मनिर्भरता कतै छैन,’ अधिकारीले चाणक्य पोष्टसँग भने ।

 

उनले दूधमा समेत आत्मनिर्भर हुन अझै नसकेको बताए । दूधमा आत्मनिर्भरतर्फ लाग्दै गरे पनि पाउडर दूध र क्यान दूध अझै आयात भइरहेको बताए । अझै पनि किसानले दूध उत्पादनमा लाग्ने लागत मूल्य पाउन नसकेको उनको गुनासो छ । यस अवस्थामा पशुपन्छी क्षेत्रमा आत्मनिर्भर घोषणा गर्नु दिशामुक्ता क्षेत्र घोषणा गरेर त्यही फोहोर गर्नु जस्तै भएको बताए ।

 

‘यदि हामी आत्मनिर्भर भएकै हो भने किन वैदेशिक लगानी भित्राउनु पर्यो, किसानले किसान लागत रकम समेत पाउँदैन्न,’ अधिकारीले भने ‘ यो घोषणा गर्न भनेको फोहोरमुक्त क्षेत्र घोषणा गरेर त्यही ढल खोलामा मिसाउनुभन्दा कम हैन ।’

 

उनी आत्मनिर्भरका लागी घोषणा मात्र गरेर केही नहुने बताउँछन् । त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि सरकारले कार्यक्रमहरु ल्याउनु पर्ने उनले बताए । तर, हालसम्म सरकारले देशलाई आत्मनिर्भरता तर्फ लैजाने कुनै कार्यक्रम नल्याएको उनले बताए । सरकारले आगामी दिनमा कृषिलाई अगाडि आत्मनिर्भरता तर्फ लैजान अझै मुश्किल उत्पन्न गरेको आरोप लगाए ।

 

यस्तै ह्याचरी संघका अध्यक्ष टिकाराम सापकोटाले कुखुराको चल्ला, मासु, दाना र अण्डामा आत्मनिर्भरको नजिक पुगेको बताए । अहिले अण्डा, मासुमा लगभग आत्मर्निभर भए पनि चलला र दाना भने केहस् आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । पछिल्लो समय कोभिडका कारणले आत्मनिर्भर हुने बाटोमा केही धक्का लागेको उनको भनाइ छ ।

 

यस्तो छ वास्तविकता

 

दूधमा आत्मनिर्भर हुन अझै प्रतिव्यक्ति १३ लिटर नपुग : दूधमा आत्मनिर्भर हुन अझै वार्षिक प्रतिव्यक्ति १३ लिटर दूध अपुग छ । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिस अनुसार दैनिक प्रतिव्यक्ति २५२ मिलि अर्थात् वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्छ । हाल नेपालमा दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर छ । सोअनुसार वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध नपुग छ ।

 

नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको जनाइएको छ ।दूधमा आत्मनिर्भर नजिक पुगे पनि पूर्णरुपमा भइनसकेको अवस्था छ ।

 

दानाको ७० प्रतिशत कच्चा पदार्थ विदेशबाटै आयात : कुखुरा तथा गाइवस्तुको दानाको कच्चा पदार्थ अहिले पनि विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । हुयाचरी संघका अध्यक्ष सापकोटाका अनुसार प्रतिदिन ३ हजार मेट्रिकटन दाना आवश्यक पर्ने र सो नेपालमै उत्पादन भए पनि दाना बनाउन कच्चा पदार्थभने विदेशबाटै ल्याउनु पर्ने अवस्था छ ।

 

उनका अनुसार दानाका लागि मकै र भटमासको पिना आयात गरिने गरेको छ । दाना बनाउन आवश्यक ७० प्रतिशतबढी पिना अहिले पनि विदेशबाटै आयात भइरहेको छ । दाना बनाउन वर्षेनी १० अर्ब रूपैयाँ बढीको कच्चा पदार्थ आयात हुँदै आएको छ ।

 

दैनिक २ लाख केजी मासु अपुग : हाल नेपालमा दैनिक दैनिक ८ लाख केजी मासुको माग रहेकोमा दैनिक ६ लाख केजी मासु मात्र उपलब्ध भइरहेको छ । २ लाख केजी मासु अझै अभाव रहेको छ ।

 

माग अनुसारको मासु उत्पादन हुन सकिरहेको छैन । सरकारले विदेशबाट खसीबोका आयातमा बन्देज लगाएर स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गरे पनि माग अनुसार उत्पादन हुन सकेको छैन ।

 

चल्ला पनि माग अनुसार छैन उत्पादन : नेपालमा चल्ला साप्ताहिक ४० लाख माग रहेको छ । २५ लाख चल्ला मात्र उत्पादन हुन सकेको छ । उनले कुरेर चल्लाको माग पनि पूरा गरिएको बताए ।

 

माग अनुसार उत्पादन हुन नसकेपछि अहिले विश्व बजारमै चल्लामा मूल्य वृद्धि भएको सापकोटाले बताए । उनले कोभिडका कारणा विश्वबजारको सबैभन्दा बढी चल्ला निर्यात गर्ने राष्ट्र अमेरिका, फ्रान्समा समेत चल्ला अभाव भएपछि नेपालमा पनि त्यस्तै अवस्था सृजना भएको बताए ।

बन्दीपुर केबुलकार निर्माण ६५ प्रतिशत पूरा, दशैंदेखि संचालनमा आउने Read Previous

बन्दीपुर केबुलकार निर्माण ६५ प्रतिशत पूरा, दशैंदेखि संचालनमा आउने

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?