चैत २० देखि रुरु जलविद्युतको प्रिमियममा आइपीओ आउँदै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रुरु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

स्थानीयले कम्पनीको आइपीओमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड–३’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था अधारभूत पक्ष औसतमा बलियो रहेको जनाउँदछ ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

सिंगटी हाइड्रोको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कति जनाले भरे ? Read Previous

सिंगटी हाइड्रोको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कति जनाले भरे ?

नागरिक स्टक डिलरले यी ३९ कम्पनीको मात्र सेयर किनबेच गर्न पाउने (सूचीसहित) Read Next

नागरिक स्टक डिलरले यी ३९ कम्पनीको मात्र सेयर किनबेच गर्न पाउने (सूचीसहित)