प्रभु बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंकले सिन्धुपाल्चोकको विभिन्न विद्यालयका विद्यार्थीलाई बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धी ज्ञान प्रदान गरेको छ ।

 

बैंकले सोमबार तेर्षे माध्यामिक, महेन्द्र माध्यामिक, पाल्चोक माध्यामिक र भूमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराई बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्रदान गरेको हो ।

 

अवलोकन तथा अध्ययनका लागि बैंकको प्रधान कार्यालयमा आएका ४८ जना विद्यार्थीहरुलाई विभिन्न समूहमा विभाजन गरी प्रधान कार्यालय अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराइएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

 

आगामी दिनहरुमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न वित्तीय साक्षरता अभिवृद्वि गर्ने कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको छ ।

बेनी-जोमसोम सडक ४ दिन बन्द हुने Read Previous

बेनी-जोमसोम सडक ४ दिन बन्द हुने

राजश्व परामर्श समितिका पदाधिकारीसँग ‘मेक इन नेपाल-स्वदेशी’ अभियान बारे छलफल Read Next

राजश्व परामर्श समितिका पदाधिकारीसँग ‘मेक इन नेपाल-स्वदेशी’ अभियान बारे छलफल