सूर्या लाइफको ७०% हकप्रद भदौ ८ बाट खुल्ने

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्स कम्पनीको ७०% हकप्रद सेयर भदौ ८ गतेबाट बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

 

असोज १२ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

 

यस हकप्रदको एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । सूर्या लाइफले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

 

कम्पनीले यही पुँजीबाट अघिल्लो वर्षको नाफाबाट १२५ बोनस वितरण पनि गरिसकेको छ । १२% बोनस र ७०% हकप्रदपछि चुक्ता पूँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ । सूर्याले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटो रोजेको हो ।

 

यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, सूर्याको वीरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखाबाट पनि आवेदन दिन सकिनेछ । पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिने सकिनेछ ।

 

गत वर्षको तुलनामा ३.६२ प्रतिशतले घट्यो धान रोपाइ Read Previous

गत वर्षको तुलनामा ३.६२ प्रतिशतले घट्यो धान रोपाइ

गाउँपालिकाको अनौठो योजना : सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने Read Next

गाउँपालिकाको अनौठो योजना : सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने