काठमाडौं । बास्किन रोबिन्स आइसक्रिमको शाखा काठमाडौँको उत्तरढोकामा पनि सञ्चालनमा आएको छ । नेपालको प्रतिष्ठित व्यवसायीक घराना ज्योति समूहले सन इन्टरनेशनल इंक प्राइभेट लिमिटेडसँग सम्बद्ध बास्किन रोबिन आइसक्रिमको आउटलेट शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो
नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’ लाई सन् इन्टरनेशनलको साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ ।
विश्वमै सबैभन्दा बढी रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रीम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधा दायक सेवा प्रदान गर्ने अठोट लिएको छ ।
सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेडको नाममा ज्योति ग्रुपले एएफसीजी उद्योगको स्थापना गरेको हो । वर्षौंदेखि आइसक्रीमको कारोबार गर्दै आएको सन् इन्टरनेशनलले द्रुत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ ।
सन् इन्टरनेशनल हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।
बास्किन रोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किँदै आएको छ ।
जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् । यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादनहरुमा समेत नवीकरण गर्दै जानेछ ।
ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्नेछन् । साथै यस कम्पनीले दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको छ जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्दछ ।