नेप्सेलाई निफ्राको जवाफ : आगामी वर्ष लाभांश दिने सत्य हो, ८ प्रतिशत दिने प्रक्षेपण छ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले माग गरेको स्पष्टीकरणको जवाफ पर्काएको छ ।

 

गत बुधबार संचारमाध्यमहरुमा निफ्राले ३० मिलियन डलरको बण्ड जारी गर्ने र त्यसलाई लण्डन स्टक एक्सचेन्जमा सूचीकृत गराउने, आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्ने समाचार आएपछि नेप्सेले त्यसको सत्यतथ्य के हो भनेर ३ दिन भित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो ।

 

नेप्सेको उक्तस्पष्टिकरणको जवाफ फर्काउँदै निफ्राले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय सत्य भएको र बण्ड जारी गर्न सम्बन्धीत सरोकारवाला सबै नियकायबाट स्वीकृति समेत लिइसकेको जानकारी गराएको छ ।

 

३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकको यसअघिका वार्षिक प्रतिवेदनमा समेत प्रकाशित भइसकेको भन्दै निफ्राले अन्तमि स्वीकृति लिई यथासक्य छिटो बण्ड जारी गर्ने तयारी समेत भइरहेको नेप्सेलाई जानकारी गराएको छ ।

 

यस्तै, बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको नेप्सेलाई जानकारी गराएको छ ।

 

चैत २७ देखि भक्तपुर औद्योगिक तथा व्यापार मेला हुने Read Previous

चैत २७ देखि भक्तपुर औद्योगिक तथा व्यापार मेला हुने

'भीआइपी'लाई तान्दै मेची क्राउन, टुर प्याकेजदेखि  डेस्टिनेशन वेडिङसम्मका योजना Read Next

'भीआइपी'लाई तान्दै मेची क्राउन, टुर प्याकेजदेखि डेस्टिनेशन वेडिङसम्मका योजना