जलविद्युत कम्पनीको नाफा ३८ प्रतिशतले बढ्यो

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

आईतबार सार्वजनिक विवरण अनुसार कम्पनीले १ अर्ब १२ करोड १४ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३८.७७% ले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८० करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

 

कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा २.११ रुपैयाँले बढेर १०.१९ रुपैयाँ पुगेको छ । जलविद्युत कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.५० रुपैयाँ रहेको छ ।

 

 

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब र जगेडा कोषमा चुक्ता पूँजीभन्दा बढी एक अर्ब ४० करोड २८ लाख रुपैयाँ सञ्चित छ। एक वर्ष अवधिमा कम्पनीले १० प्रतिशत बोनसबाट पूँजी वृद्धि गरेको हो भने जगेडा कोषमा ७.७१ प्रतिशतले सुधार भएको हो।

 

 

कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत बराबरको ११ अर्बको हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ। हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।

कोका-कोलाले ल्यायो जिग्रि प्याक Read Previous

कोका-कोलाले ल्यायो जिग्रि प्याक

गत वर्षको तुलनामा ३.६२ प्रतिशतले घट्यो धान रोपाइ Read Next

गत वर्षको तुलनामा ३.६२ प्रतिशतले घट्यो धान रोपाइ