काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिको असर हवाई भाडामा परेको छ । नेपाल आयल निगमले यसैसाता हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई सेवा प्रदायकहरुले पनि भाडा बढाएका छन् ।
वायुसेवा सञ्चालक संघ नेपालले शनिबार (चैत ७ गते)देखि लागू हुने गरी हवाई भाडामा लाग्ने इन्धन शुल्क (फ्युल चार्ज) का आधारमा नयाँ भाडादर तोकेको छ ।
संघका अनुसार गन्तव्य अनुसार न्यूनतम ५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म भाडा वृद्धि गरिएको छ । इवाई भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ।
संघले माउन्टेन उडानमा ७० रुपैयाँ, काठमाडौं-भद्रपुर ६०, काठमाडौं- विराटनगर ५०, काठमाडौं-जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं- पोखरा ३०, काठमाडौं-नेपालगञ्ज ६५, काठमाडौं-धनगढीको ९०रुपैयाँ इन्धन चार्ज बढाएको छ ।
कुन गन्तव्यको कति बढ्यो इन्धन शुल्क ?