क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब बिर्तामोड र दमकमा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औंं आउटलेट प्रदेश नम्बर १ को झापा का प्रमुख बजारहरु बिर्तामोड र दमकमा संचालनमा ल्याएको छ ।

 

कम्पनीले प्रदेश नम्बर १ का आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्ना नयाँ आउटलेटहरु प्रमुख शहरहरुमा संचालनमा ल्याएको हो ।

 

नयाँ आउटलेटहरु क्लासिक टेकले बिर्तामोडको धन सूर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदीप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ ।

 

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए ।

 

संचालनमा ल्याएको नयाँ आउटलेटहरुबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरुमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना लिएको छ । यी आउटलेटहरुबाट तिब्ररुपमा ग्राहकहरुलाई सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिङ र मार्केटिङका लागि राखिएको छ ।

 

यसअघि देखि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

 

घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरुको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् ।

 

नयाँ आउटलेटहरु संचालनमा आएसँगै नेपालको पूर्वी भेगको प्रमुख शहरहरुमा ग्राहकहरुले घर नजिकबाटै कम्पनीको सेवा लिनसक्ने बताए ।

 

‘झापाको बिर्तामोड र दमक, नेपालको पूर्व क्षेत्रका प्रमुख शहरहरु हुन जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकहरुले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन् । अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तीव्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं,’ कम्पनीको इस्ट रिजन का डेपुटी चिफ रिजनल अफिसर भुपाल सिंह कार्कीले भने ।

 

कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबीपीएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुविधा रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुन अझै ६ महिना लाग्ने Read Previous

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुन अझै ६ महिना लाग्ने

सिंगटी हाइड्रोको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Next

सिंगटी हाइड्रोको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?