महिला लघुवित्तको सेयर मूल्य पहिलो दिनमै हजार पुग्ने !

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

कम्पनीले सोमबार संस्थापकतर्फको ६ लाख कित्ता र सर्वसाधरणको ४ लाख गरी कुल १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै लघुवित्तको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले सेयर कारोबारका लागि लघुवित्तलाई MLBSL संकेत चिह्न प्रदान गरेको छ ।

 

लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । यसकै बीचमा रहेर लघुवित्तको पहिलो कारोबार शुरु हुनेछ ।

 

माथिल्लो रेञ्जका कारोबार खुलेर पोजेटिभ सर्किट लागेमा लघुवित्तको सेयर मूल्य पहिलो दिनमै १ हजार रुपैयाँमाथि पुग्ने छ । यद्यपि, पहिलो कारोबार ३१३ रुपैयाँदेखि माथि जतिमा पनि खुल्न सक्छ ।

 

लघुवित्तले माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

जसमा गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए भने १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको थियो ।

 

आइपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ ।

नेपाल आउने विदेशी कामदार ३५ प्रतिशत घटे, ठूला आयोजना निर्माणमा असर पर्ने Read Previous

नेपाल आउने विदेशी कामदार ३५ प्रतिशत घटे, ठूला आयोजना निर्माणमा असर पर्ने

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार, यसै वर्ष ठेक्का लगाइने Read Next

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार, यसै वर्ष ठेक्का लगाइने