ग्रीनलाइफ हाइड्रोपावरको सेयर मंगलबारदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्स)मा सूचीकृत भएको छ ।

कम्पनीले सोमबार संस्थापक समूह र सर्वसाधरण तर्फको गरी कुल १ करोड ८० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीलाई नेप्सेले GLH संकेत चिह्न प्रदान गरेको छ ।

 

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । यसकै बीचमा रहेर कम्पनीको पहिलो कारोबार शुरु हुनेछ ।

 

कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

जसमा गोलप्रथाबाट ३ लाख २५ हजार १६५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी दुई जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका थिए भने ९ लाख ९३ हजार ८९४ जनाको भने हात रित्तो भएको थियो ।

 

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

विस्फोटक पदार्थ अभावमा कर्णाली करिडोरको काम प्रभावित Read Previous

विस्फोटक पदार्थ अभावमा कर्णाली करिडोरको काम प्रभावित

सेयर बजारमा किन आउँदै छ लगातार गिरावट ? Read Next

सेयर बजारमा किन आउँदै छ लगातार गिरावट ?