कहिले हुँदैछ ज्योति लाइफको आइपीओ बाँडफाँट ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) यसैसाता भित्र बाँडफाँट हुने भएको छ ।

 

कम्पनीको  सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आवेदनहरु रुजु गर्ने काम अन्तिम चरणमा पुगेकाले बुधबारसम्म प्रि-अलोटमेन्ट गर्ने तयारी गरिएको छ । प्रि-अलोटमेन्ट गरेपछि ढिलोमा शनिबारसम्म आइपीओ बाँडफाँट गरिने जनाइएको छ ।

 

ज्योतिको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ६.४ गुणा बढी हो ।

 

ज्योतिको आइपीओमा परेको आवेदन हालसम्मका कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि महिला लघुवित्तको आइपीओमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए ।

 

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरु र ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

चक्रपथ विस्तार : साइट क्लियरेन्स पूरा नभइ चीनले काम शुरु नगर्ने, अझै ७ घर भत्काउन मुश्किल Read Previous

चक्रपथ विस्तार : साइट क्लियरेन्स पूरा नभइ चीनले काम शुरु नगर्ने, अझै ७ घर भत्काउन मुश्किल

लगानी कोषको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ? Read Next

लगानी कोषको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?