एनआइसी एशिया बैंक खर्बपति क्लबबाट बाहिरियो, अब बाहिरिने पालो कसको ?

काठमाडौं । एनआइसी एशिया बैंक खर्बपति क्लबबाट बाहिरिएको छ । सेयर बजारमा निरन्तर गिरावट आएसँगै बैंकको बजार पूँजीकरण १ खर्ब मुनि झरेको हो ।

 

आज बैंकको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले घटेसँगै बैंकको बजार पूँजीकरण १ खर्ब मुनि झरेको छ । पछिल्लो ३ सातामा बैंकको सेयर मूल्य प्रतिकित्ता १०४ रुपैयाँले घटेको छ । फागुन ६ गते प्रतिकित्ता ९६३ रुपैयाँ पुगेको बैंकको सेयर मूल्य त्यसयता निरन्तर घटेर आज ८५९ रुपैयाँमा कारोबार भएको छ ।

 

सेयर मूल्य निरन्तर घटेसँगै पछिल्लो ३ सातामै बैंकको बजार पूँजीकरण १२ अर्बले घटेको छ । फागुन ६ गते १ खर्ब ११ अर्ब पुगेको ग्लोबलको पूँजीकरण घटेर आज ९९ अर्बमा सीमित भएको छ ।

 

सेयर बजार निरन्तर घटेसँगै अन्य कम्पनीहरुको पनि पूँजीकरण घट्दो क्रममा रहेको छ । अब थोरै मात्र सेयर मूल्य घटे नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि खर्बपति क्लबबाट बाहिरिने छ । आज निफ्राको बजार पूँजीकरण १ खर्ब ४ अर्ब हाराहारी मात्र रहेको छ ।

 

कात्तिकसम्म नेपाली सेयर बजारमा १ खर्ब बढी बजार पूँजीकरण हुने कम्पनीको संख्या एउटा मात्र रहेको थियो भने फागुन पहिलो सातासम्म त्यो संख्या बढेर ८ पुगेको थियो ।तर, पछिल्लो तीन साता यता सेयर बजार निरन्तर ओरालो लागेसँगै खर्बपति क्लबबाट बाहिरिने कम्पनीको संख्या पनि घट्दै गएको हो ।

 

हाल नेप्सेमा सूचीकृत २१८ कम्पनीमध्ये ६ वटा कम्पनीको बजार पूँजीकरण १ खर्ब बढी रहेको छ । नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष र नेपाल इन्फ्रास्ट्रक्चर बैंक १ खर्ब बढी पूँजीकरण हुने कम्पनी हुन् ।

चाँडै लण्डनमा रेष्टुरेन्ट खोल्दैछु, त्यहीँबाट नेपाली खाना विश्वभर चिनाउने छु : सेफ सन्तोषको अन्तर्वार्ता Read Previous

चाँडै लण्डनमा रेष्टुरेन्ट खोल्दैछु, त्यहीँबाट नेपाली खाना विश्वभर चिनाउने छु : सेफ सन्तोषको अन्तर्वार्ता

चक्रपथ विस्तार : साइट क्लियरेन्स पूरा नभइ चीनले काम शुरु नगर्ने, अझै ७ घर भत्काउन मुश्किल Read Next

चक्रपथ विस्तार : साइट क्लियरेन्स पूरा नभइ चीनले काम शुरु नगर्ने, अझै ७ घर भत्काउन मुश्किल