काठमाडौं । सनराइज क्यापिटलले आज (कार्यालय समय)देखि सनराइज ब्लुचिप फण्डको इकाई विक्री खुला गर्ने भएको छ।क्यापिटलले प्रतिइकाई (कित्ता) १० रुपैयाँ दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई वक्रीमा ल्याएको हो।
क्यापिटलले विक्रीमा ल्याइको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई (१५ प्रतिशत) कोष प्रवर्धक सनराइज बैंकलाई बिज पूँजीको रुपमा छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई विक्री नभएमा ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।
सनराइज ब्लुचिप फण्ड १० वर्षे बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हो । यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।
सनराइज क्यापिटलको यो दोस्रो म्युचुअल फण्ड हो । यसअघि क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो।
सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।