ज्योति लाइफको आइपीओमा रेकर्ड ब्रेक, कति जनाले भरे ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा मागभन्दा साढे ५ गुणा बढी आवेदन परेको छ ।

 

सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार मंगलबार ५ बजेसम्म १५ लाख ७० हजार ४१४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ५.६३ गुणा बढी हो ।

 

ज्योतिलाइफको आइपीओमा परेको आवेदन अहिलेसम्म कुनैपनि आइपीओमा परेको सबैभन्दा धेरै हो । यसअघि महिला लघुवित्तको आइपीओमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए । कम्पनीको आइपीओ भर्ने समय अझै १ दिन बाँक आवेदकको संख्या अझै बढ्ने छ ।

 

कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई ५९ लाख ४० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५ लाख ९४ हजार जनालाई मात्र सेयर दिन पुग्छ ।

 

कम्पनीको आइपीओ भर्न अझै १ दिन बाँकी रहँदा पौने १६ लाख बढीले आवेदन दिइसकेकाले १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

तंग्रिँदै चिया व्यवसाय, स्टक चिया धमाधम निर्यात हुँदै Read Previous

तंग्रिँदै चिया व्यवसाय, स्टक चिया धमाधम निर्यात हुँदै

आइपीओको बाढी लाग्दै, एकैपटक ३ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता आउँदै ? Read Next

आइपीओको बाढी लाग्दै, एकैपटक ३ कम्पनीले मागे अनुमति, कुनको कति कित्ता आउँदै ?