काठमाडौं । रिभर फल्स पावर कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर जारी गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइपीओ निष्काशन सम्बन्धी सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरे ।
रिभर फल्स पावरले संखुवासभाको धर्मदेवी नगरपालिकाको पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।