शिखर इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

इन्स्योरेन्सले प्रस्तावित लाभांश पारित गर्न चैत ९ गते साधरणसभा बोलाएको छ । सभा प्रयोजनाका लागि कम्पनीले फागुन २६ देखि चैत ९ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म सेयर किन्नेले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

 

कम्पनीले गत वर्षसम्मको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २७.७६ बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.२३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा Read Previous

उन्नति सहकार्य लघुवित्तको लाभांश घोषणा

गोल्छा समूहको ९० करोड लगानीमा पर्सामा फलाम उद्योग स्थापना, २ महिनाभित्र संचालनमा आउने Read Next

गोल्छा समूहको ९० करोड लगानीमा पर्सामा फलाम उद्योग स्थापना, २ महिनाभित्र संचालनमा आउने