विश्वलाई कोरोनाको खोप उपलब्ध गराउने दौडमा भारतीय कम्पनी सीरमको अग्रता

काठमाडौं । विश्वलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने दौडमा भारतको एउटा औषधि कम्पनीले अग्रता लिएको छ। खोप निर्माणमा विश्वकै ठूलो कम्पनी सीरम इन्स्टिच्युट अफ इन्डिया सुनिएको धेरै सुनिएको थिएन।

 

पश्चिम भारतको पुनेस्थित उक्त कम्पनीले हरेक वर्ष एक अर्ब ५० करोड मात्रा खोप उत्पादन गर्छ।आस्ट्राजेनेका जस्तो औषधि कम्पनीको सहकार्यमा उसले अहिले कोभिड खोप बनाइरहेको छ।

 

‘सन् २०२० मा नियामक निकायले अनुमति दिएका थिएनन् तर हामीले जोखिम उठायौँ,’ प्रमुख कार्यकारी अदार पूनावालले भने, ‘किनकि यसअघि मलेरियाविरुद्ध खोप बनाउँदा पनि सहकार्य गरेका अक्सफोर्डका वैज्ञानिकहरूबारे हामीलाई थाहा थियो।’

 

सीरम निजी कम्पनी हो। जसले गर्दा पूनावाला र उनका वैज्ञानिकहरूले छिट्टै निर्णय लिन सके। त्यसको निम्ति लगानीको जोहो गर्नु चुनौती थियो। सीरमले करिब २६ करोड डलर लगानी गर्‍यो।

 

थप लगानी बिल गेट्स जस्ता परोपकारीबाट र अन्य देशहरूबाट अग्रिम भुक्तानी लिएर जुटायो। उसले कोभिड खोप उत्पादन गर्न सन् २०२० को मे महिनासम्म ८० करोड डलर जुटाइसकेको थियो।

 

दुर्लभ खोप

 

एसआईआईले वास्तवमा कसरी खोपको व्यापक उत्पादन गर्न सक्योरु सन् २०२० एप्रिलमै पूनावालाले खोपको निम्ति आवश्यक सिसी र फिल्टर कति आवश्यक पर्छ भन्ने अनुमान गरिसकेका थिए।

 

‘मैले समयभन्दा पहिल्यै ६० करोड खोपको निम्ति आवश्यक सिसी प्राप्त गरिसकेको थिएँ र सेप्टेम्बरसम्म त्यसलाई गोदाममा राखिसकेको थिएँ,’ उनले सुनाए, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा मैले अगस्टमै जोखिम उठाएर उत्पादन सुरु गरेकाले ज्यानुअरीसम्ममा ७(८ करोड खोप उत्पादन गर्न सक्यौँ।’

 

अन्य कम्पनीहरूले पनि जोखिम उठाएको भए विश्वले अहिले अझै धेरै खोप पाउन सक्थ्यो भन्ने उनलाई लागेको छ। पूनावालाले उत्पादनमा भएको ढिलाइका निम्ति विश्वव्यापी नियामक प्रणालीको काम गर्ने शैली र समन्वयको अभावलाई कारक बताउँदै त्यसको आलोचना गरे।

 

उनका भनाइमा यूकेको मेडिसिन्स् एन्ड हेल्थकेयर प्रोडक्टस् रेग्युलेटरी एजेन्सी, युरोपियन मेडिसिन्स् एजेन्सी र यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसनजस्ता प्रमुख नियामकहरूबीच समान मापदण्डमा एकता र सहमति हुनसक्ने थियो।

 

उनले भारतदेखि युरोपसम्म खोप बनाइरहेका देशहरूका नियामकहरू पनि समान अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्न सक्ने बताउँदै विभिन्न सरकारहरूको पनि आलोचना गरे।बीबीसी

मेलम्चीको ‘हेडवर्क्स’ निर्माण अन्तिम चरणमा, विदेशबाट हाइड्रो मेकानिकल सामग्री आउन बाँकी Read Previous

मेलम्चीको ‘हेडवर्क्स’ निर्माण अन्तिम चरणमा, विदेशबाट हाइड्रो मेकानिकल सामग्री आउन बाँकी

अमलेखगञ्ज-चितवन ६९ किमी पेट्रोलियम पाइपलाइन बनाउन अध्ययन पूरा, कति लाग्छ खर्च ? Read Next

अमलेखगञ्ज-चितवन ६९ किमी पेट्रोलियम पाइपलाइन बनाउन अध्ययन पूरा, कति लाग्छ खर्च ?