नयाँ स्वाद र लेबलमा आइसबर्ग बियर बजारमा

काठमाडौं । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

 

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरुले नयाँ स्वादका साथ सेवन गर्नसक्नेछन् । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो ।

 

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो यसको ६५० एमएलको बोतलको मूल्य २८५ रुपैयाँँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।

 

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनी विश्वस्त छ । आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नवीन ढंगबाट ल्याइएको हो । कम्पनीले आज विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको लन्च गरेको छ ।

क्लासिक टेकको मुख्य डिभाइस तोडफोड गर्ने पूर्व कर्मचारी पक्राउ Read Previous

क्लासिक टेकको मुख्य डिभाइस तोडफोड गर्ने पूर्व कर्मचारी पक्राउ

२०७८ सालमा तीन वटा दशैँ Read Next

२०७८ सालमा तीन वटा दशैँ