अटोमोबाइल क्षेत्रका हस्ती सौर्य राणाको निधन

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा लामो समय दिएका व्यवसायी सौर्य राणाको आज निधन भएको छ । पारिवारीक स्रोतका अनुसार काठमाडौंको मेडीसिटी अस्पतालमा आज दिउँसो १२ः३० बजे मृत्यु घोषणा गरिएको हो ।

 

विस २०१४ सालमा जन्मिएका राणाले ६३ वर्षको उमेरमा संसार छाडेका हुन् । उनको ४ दिन अघि मुटुको अप्रेशन गरिएको थियो ।

 

उनी नेपाली अटोमोबाइल क्षेत्रका एक हस्ती मानिन्छन् । उनले टाटा गाडीको आधिकारीक वितरक सिप्रदी ट्रेडिङमा लामो समय प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका थिए ।

 

पारिवारीक व्यवसायमा लामोसमय दिएका राणा नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको पूर्व अध्यक्षसमेत रहेका थिए । नेपाली अटोमोबाइल व्यवसायलाई पारदर्शी बनाउँदै अगाडि जानुको विकल्प छैन भन्ने राणा नेपाल भारत चेम्बर अफ कर्मशका निवर्तमान अध्यक्ष समेत हुन् ।

प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने Read Previous

प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?