नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब ५ अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर्र) रकम पाउने भएको छ ।

 

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।

 

सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

 

साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया-प्रशान्तमा पाँचौँ र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ ।

अब ट्रायल पास गरेको १ महिनामा लाइसेन्स पाइने Read Previous

अब ट्रायल पास गरेको १ महिनामा लाइसेन्स पाइने

काठमाडौंमा फेरि देखियो बर्डफ्लु, १५ हजार कुखुरा नष्ट Read Next

काठमाडौंमा फेरि देखियो बर्डफ्लु, १५ हजार कुखुरा नष्ट