कुमारी इक्वीटी फन्डको ८ करोड इकाई विक्री खुला, कहाँबाट भर्ने ?

काठमाडौं । कुमारी क्यापिटलले आफ्नो पहिलो म्युचुअल फण्डको ८ करोड इकाई (कित्ता) विक्री खुला भएको छ । क्यापिटलले ‘कुमारी इक्वीटी फन्ड’ को प्रति इकाई १० रुपैयाँका दरले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई विक्रीमा ल्याएको हो ।

 

कुल निष्काशित इकाईमध्ये १ करोड २० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई छुट्याइएको छ । बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

कुमारी इक्वीटी फन्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म सबै इकाई विक्री नभएमा ढिलोमा फागुन २८ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि ८० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । उक्त म्युचुअल फण्ड १० वर्षमा परिपक्क हुनेछ ।

 

लगानीकर्ताले कुमारी क्यापिटल, धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत अनुमति प्राप्त बैंकक शाखाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी Read Previous

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

मिलेमतोमा भारतीय कुखुराको तस्करी बढ्दो, नेपाली व्यवसायी मारमा Read Next

मिलेमतोमा भारतीय कुखुराको तस्करी बढ्दो, नेपाली व्यवसायी मारमा