महिला लघुवित्तको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस् नतिजा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान गरिएको बाँडफाँट अनुसार गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ ।

 

लघुवित्तको आइपीओ कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएको थिए । सोमध्ये ३ हजार ३५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।योग्य १५ लाख ३६ हजार ६८२ जनालाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँट गर्दा भाग्यमानी ३७ हजार ५०० जनाले सेयर पाएका हुन् ।

 

लघुवित्तको आइपीओमा परेको आवेदन हालसम्मकै धेरै हो । लघुवित्तले माघ २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

कहाँबाट हेर्ने नतिजा

 

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अब भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने भएको छ । लगानीकर्ताको गोपनीयताको विषयमा प्रश्न उठेसँगै सीडीएससीले आइपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न मिल्ने व्यवस्था गरेको हो ।

 

जसअनुसार लघुवित्तको नतिजा स्वयम महिला लघुवित्तको वेबसाइट, विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयरको वेबसाइट वा मोबाइल एपबाट नतिजा हेर्न सकिनेछ ।

मेलम्चीको पानी आइपुग्न कम्तीमा १५ दिन लाग्ने, चार दिनमा ३ किमी पार Read Previous

मेलम्चीको पानी आइपुग्न कम्तीमा १५ दिन लाग्ने, चार दिनमा ३ किमी पार

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी Read Next

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी