काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राविधिक समस्याका कारण बैंकको सेयर कारोबार स्थगन गरिएको जनाएको छ ।
नेप्सेको अनलाइन सिस्टममा समस्या आउँदा बैंकको नाम सूचीकृत कम्पनीको सूचीबाटै हटाइएको छ ।
नेप्सेको टीएमएसमा समस्या आउँदा निफ्राको अर्डर नै राख्न नमिल्ने भएको छ भने सेयर मूल्य १०० प्रतिशतले घटेको देखाइएको छ ।
पछिल्लो समय तीव्र माग रहँदै आएको बैंकको सेयर मूल्य आज करिब ५ प्रतिशतले घटेर ५६४ रुपैयाँमा कारोबार भइरहेको थियो ।