७ महिनामै साढे ३ लाखले लिए नेप्सेको टीएमएस, कुन ब्रोकरबाट कति ? (सूचीसहित)

काठमाडौं । भनिन्छ कुनैपनि महामारीसँगै अवसर र विनास सँगसँगै आउँछ । यसकै पछिल्लो उदाहरण हो नेपाली सेयर बजारमा प्रविधिको प्रयोग ।

 

लकडाउन अघि कुल सक्रिय लगानीकर्ताको ९९ प्रतिशतभन्दा बढीले ब्रोकर कार्यालयमा भौतिक उपस्थिति भएर सेयर कारोबार गर्ने गरेकोमा अहिले पूर्ण अनलाइन प्रणालीबाट कारोबार हुन् थालेको छ ।

 

प्रयोगमा आएको डेढ वर्षसम्म आकर्षण नदेखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाइन प्रणाली (टीएमएस) प्रति पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको छ ।

 

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

 

सरकारले कोरोना रोकथामका लागि लगाएको लकडाउन, निषेधाज्ञाका कारण ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाउने भएपछि लगानीकर्ता अनलाइन प्रणालीतर्फ आकर्षित हुन थालेका हुन् ।

 

२०७५ मंसिर २० मा ठूलो तामझामका साथ नेप्सेले प्रयोगमा ल्याएको अनलाइन प्रणाली झन्झटिलो रहेको भन्दै लगानीकर्ता अकार्षित हुन सकेका थिएनन् । तर, ब्रोकर कार्यालयमा गएर कारोबार गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना भएपछि लगानीकर्ता यसप्रति आकर्षित हुन् थालेका हुन् ।

 

नेप्सेले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार फागुन १४ गतेसम्म अनलाइन प्रयोगकर्ता (अनलाइन सेयर किनबेचका लागि युजर नेम र पासर्वड लिएका) को संख्या ३ लाख ७६ हजार २६१ जना पुगेका छन् । यो कुल सक्रिय लगानीकर्ताको करिब ६८.३६ प्रतिशत हो ।

 

नेप्सेका अनुसार अहिले दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या ५ लाख ५० हजार ४०९ जना रहेका छन् । यस्तै सीडीएससीका अनुसार डिम्याट (हिताग्राही) खाता खोल्नेको संख्या करिब २८ लाख नाघेको छ ।

 

गत वर्षको असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता साढे २ महिनाको अवधिमा अनलाइन प्रयोगकर्ताको संख्या करिब १० गुणाले बढेको छ । नयाँ आर्थि वर्ष शुरु भए (साउन) यता मात्रै साढे ३ लाख अनलाइन प्रयोगकर्ता थपिएका छन् । गत वर्षको मंसिरसम्ममा यस्तो संख्या जम्मा करिब १५ हजार हाराहारी मात्र थिए ।

 

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो । यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

 

यसअघि अनलाइनको युजर आइडी र पासवर्ड लिन ब्रोकर कार्यालयमै गएर भौतिक फारम भरेर बुझाउनु पर्ने झन्झटिलो व्यवस्था थियो ।

 

अहिले सेयर कारोबारको भुक्तानीसमेत अनलाइन प्रणालीबाटै हुने गरेको छ । सेयर किनबेच गरेको पैसा ब्रोकबर कार्यालयहरुले पनि अनलाइनबाटै लगानीकर्ताको खातामा पठाउन थालेका छन् भने लगानीकर्ताले पनि ब्रोकरको खातामा जम्मा गर्दिने गरेका छन् । यसरी सेयर कारोबारको पैसा समेत लिनरदिन ब्रोकर कार्यालय जानु नपर्ने व्यवस्था भएपछि लगानीकर्तालाई सहज भएको छ ।

 

कुन ब्रोकरमा अनलाइन प्रयोगकर्ता कति ?

 

नेप्सेका अनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) मा सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता रहेका छन् । यस ब्रोकरबाट ३६ हजार ३२७ जनाले अनलाइन युजरनेम पासवर्ड लिएका छन् भने सोमध्ये १७ हजार ९७७ जना सक्रिय प्रयोगकर्ता रहेका छन् ।

 

नेप्सेका अनुसार सगरमाथा सेक्युरिटीजबाट सबैभन्दा कम लगानीकर्ताले टीएमएसको लगइन लिएका छन् सोमध्ये ३५५ जना सक्रिय लगानीकर्ता रहेका छन् ।

 

बाँकेमा ‘नौवास्ता औद्योगिक क्षेत्र’को काम शुरु, ६१ करोड विनियोजन Read Previous

बाँकेमा ‘नौवास्ता औद्योगिक क्षेत्र’को काम शुरु, ६१ करोड विनियोजन

सेयर बजारमा किन आयो लगातार गिरावट ? Read Next

सेयर बजारमा किन आयो लगातार गिरावट ?