क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा विस्तार

काठमाडौं । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा विस्तार गरेको छ ।

 

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिई रहेको छ र यसै ठाउँहरुको भित्री सानो सानो ठाउँमा पनि सेवा सुविधा बढाउने उद्देश्यले कलंकीमा सेवा विस्तार गरेको हो।

 

क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिङ गरेर २५ जना स्टाफ राखिएको छ।

 

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो तर कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट विगत ८ महिनामा तीव्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट बिस्तार गर्दै गएको छ ।

 

कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

 

‘कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई इन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आइरहेको छ भने यो आर्थिक वर्षभित्र एफटीटीएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा छौं,’ कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनय कुमार अधिकारीले भने ।

 

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केही महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र ७९९ प्रति महिनामा उपलब्ध गराइरहेको छ ।

 

यसैगरी, १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशत सम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरिरहेको छ । यसैगरी आइपीटीभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् ।

१० अर्ब बराबरको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक Read Previous

१० अर्ब बराबरको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

बाँकेमा ‘नौवास्ता औद्योगिक क्षेत्र’को काम शुरु, ६१ करोड विनियोजन Read Next

बाँकेमा ‘नौवास्ता औद्योगिक क्षेत्र’को काम शुरु, ६१ करोड विनियोजन