निफ्राको सेयरमा तीव्र चलखेल : एकैदिन पोजेटिभ र नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य

काठमाडौं । नेपाली सेयर बजारको कान्छो खर्बपति कम्पनी नेपाल इन्फ्रस्ट्रक्चर बैंकको सेयरमा तीव्र चलखेल भएको छ ।

 

कारोबार खुलेदेखि लगातार ७ दिन पोजेटिभ सर्किट लाग्दै आएको बैंकको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । आज पनि बजार खुल्न साथ पोजेटिभ सर्किट लागेको बैंकको सेयर मूल्यमा केही बेरमै नेगेटिभ सर्किट लागेको छ ।

 

यसअघि सेयर उठाएकाहरुले बेच्न खोज्दा विक्री चाप अत्याधिक रहेको छ भने खरिद कर्ता शून्य रहेका छन् । एकहप्तासम्म लगातार किन्न नपाइएको सेयर आज एकैदिन खरिदकर्ता शून्य रहनुले बैंकको सेयरमा चलखेल भएको अनुमान गर्न सकिन्छ ।

 

बजार खुल्नसाथ १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७२६ रुपैयाँ पुगेकोमा १० प्रतिशतले नै घटेर ५९४ रुपैयाँमा झरेको छ । पौने १२ बजेसम्म साढे ६ लाख कित्ता विक्रीमा हुँदा खरिदकर्ता भने शून्य रहेका छन् ।

 

बैंकले कारोबारमा आएको ५ दिनमै खर्बपति क्लबमा प्रवेश गरेर सबैभन्दा छिटो बजार पूँजीकरण १ खर्ब बढी पुर्याउने रेकर्ड बनाएको थियो ।

 

बैंकले माघ २ गतेदेखि नेपाली सेयर बजार इतिहासकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा साढे १४ लाखले सेयर हात पारेका थिए ।

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, २ महिनामा १४२ मिटर खनियो Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, २ महिनामा १४२ मिटर खनियो

१० अर्ब बराबरको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक Read Next

१० अर्ब बराबरको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक