हाइड्रो चम्किँदा सेयर बजारले फेरि बनायो नयाँ रेकर्ड, यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । हाइड्रोपावरको सेयरमा चमक आउँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय प्रायः दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

 

बिहीबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।नेप्सेले २६४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २६४० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि बिहीबार नेप्सेले इतिहासकै उच्च २६३६.६८ विन्दु पार गरेको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ३.६६ अंकले बढेर २६४०.३४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ८ अर्ब ८३ करोड ४६लाख ३९ हजार ९६७ रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ८३.२७ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ३६१.४६ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०७ कम्पनीमध्ये ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता नेपाल बैंकको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ६१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ५५ करोड र ग्लोबल आइएमई बैंक ३२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

आज हाइड्रोपावर समूहको सेयरमा उछाल आएको छ । कारोबारमा आएका अधिकांश हाइड्रो कम्पनीको मूल्य बढेको छ । झिनो अंकले बढेको बजारमा आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । माथिल्लो तामाकोशी, शिव श्री, नेशनल हाइड्रो, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरी हिल्स, समृद्धि फाइनान्स र एनआइसी एशिया फण्डका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज बेस्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.३७ प्रतिशत गुमाएका छन् ।

सिभिल बैंकको लाभांश पारित, अन्य बैंकसँग मर्ज गर्न स्वीकृति Read Previous

सिभिल बैंकको लाभांश पारित, अन्य बैंकसँग मर्ज गर्न स्वीकृति

निर्माण शुरु भएको ६४ वर्षपछि कान्ति राजमार्ग अन्तिम चरणमा, चालू वर्षभित्रै कालोपत्र सकिने Read Next

निर्माण शुरु भएको ६४ वर्षपछि कान्ति राजमार्ग अन्तिम चरणमा, चालू वर्षभित्रै कालोपत्र सकिने