इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा लगातार छैटौं दिन पोजेटिभ सर्किट, अझै सेयर पाउन मुश्किल

काठमाडौं । नेपाली सेयर बजारको कान्छो खर्बपति कम्पनी नेपाल इन्फ्रस्ट्रक्चर बैंकको सेयर मूल्यमा लगातार छैटौं दिन पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेको छ ।

 

गत आइतबारबाट कारोबारमा आएको बैंकको सेयरमा यस साता पनि निरन्तर सर्किट लागेको छ । सो दिन प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर ६ कारोबार दिनमै करिब दोब्बर भएको छ ।

 

६ कारोबार दिनमा बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँले बढेको छ । नेप्सेमा ८ करोड कित्ता साधरण सेयर रहेको बैंकको हालसम्म करिब ३० लाख कित्ता सेयर कारोबारमा आएको छ ।

 

यस्तै, साढे १४ लाख सेयरधनी रहेको बैंकको हालसम्म करिब ४० हजारले मात्र सेयर विक्री गरेका छन् । आपूर्तिको तुलनामा दशौं गुणा बढी माग रहेकाले अझै केही दिन बैंकको सेयर मूल्य सम्भावना देखिन्छ ।

 

बैंकले कारोबारमा आएको ५ दिनमै खर्बपति क्लबमा प्रवेश गरेर सबैभन्दा छिटो बजार पूँजीकरण १ खर्ब बढी पुर्याउने रेकर्ड बनाएके थियो ।

 

बैंकले माघ २ गतेदेखि नेपाली सेयर बजार इतिहासकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा साढे १४ लाखले सेयर हात पारेका थिए ।

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता Read Previous

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

विश्वका ठूला कम्पनीले आँखा लगाएपछि बिट क्वाइनको मूल्य छोइनसक्नु, पूँजीकरण ट्रिलियन डलर पुग्यो Read Next

विश्वका ठूला कम्पनीले आँखा लगाएपछि बिट क्वाइनको मूल्य छोइनसक्नु, पूँजीकरण ट्रिलियन डलर पुग्यो