रुरु जलविद्युतको आइपीओ खुल्यो, ४ लाख कित्तासम्म भर्न पाइने

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड ७७ हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता आइपीओ जारी गर्ने भएको हो ।

 

नेपाल धितापत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ४ लाख ७ हजार ७०५ कित्ता सेयर जारी गर्न लागेको हो ।

 

स्थानीयले कम्पनीको आइपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले गूल्मीमा रहेका शाइन रेसुंगा बैंकका शाखा कार्यालयहरु, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

स्थानीयलाई आइपीओ जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधरणका लागि भने २० रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्ने छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘ग्रेड ३’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था अधारभूत पक्ष औसतमा बलियो रहेको जनाउँदछ ।

 

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

क्रिस मोरिस बने आइपीएल इतिहासकै महँगा खेलाडी Read Previous

क्रिस मोरिस बने आइपीएल इतिहासकै महँगा खेलाडी

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान Read Next

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान