काठमाडौं। दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आइपीएल) इतिहासकै सबैभन्दा महंगा खेलाडी बनेका छन् ।
बिहीबार भारतको चेन्नाइमा भएको ‘मिनि अक्सन’मा उनलाई राजस्थानले १६ करोड २५ लाखमा किनेको हो । पछिल्लो सिजन मोरिस रोयल्स च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए ।
यसअघि, सन् २०१५ मा युवराज सिंह १६ करोड भारुमा बिकेको थिए । उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले किनेको थियो ।