नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै, इन्फ्रास्ट्रकचर बैंकसहित ४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । बैंकिङ क्षेत्रमा चमक कायमै रहँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । यससाता सोमबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

 

मंगलबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।नेप्सेले २६११ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २६१० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि मंगलबार नेप्सेले इतिहासकै उच्च २६०१.५१ विन्दु पार गरेको थियो ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सेयर बजार सम्बन्धी विद्यमान कुनै पनि व्यवस्था परिवर्तन नगरेसँगै लगानीकर्ता उत्साहित हुँदा सोमबार बजारमा ९२ अंकको उछाल आएको थियो । त्यसयता बजार निरन्तर उकालो यात्रामा रहेको छ ।

 

यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन लगानीकर्ताको सम्पत्ति १४ अर्बले बढेर बजार पूँजीकरण ३६ खर्ब नजिक पुगेको छ । यो हालसम्मकै धेरै हो । नेप्सेका अनुसार मंगलबार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ३५ खर्ब ९८ अर्ब पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०३ कम्पनीको ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँ बराबरको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ५९.०६ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १४४.८३ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०३ कम्पनीमध्ये ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ६९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नलि बैंक ४१ करोड र ग्लोबल आइएमई बैंक ३७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

बढ्दो बजारमा बुधबार ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन ऊर्ज कम्पनी र समृद्धि फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज सनराइज फर्स्ट म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा धेरै ४.५३ प्रतिशत गुमाएका छन् ।

घाटा थेग्नै नसक्ने अवस्थामा आयल निगम, किनेकोभन्दा दोब्बर मूल्यमा बेच्दा पनि कसरी हुन्छ घाटा ? Read Previous

घाटा थेग्नै नसक्ने अवस्थामा आयल निगम, किनेकोभन्दा दोब्बर मूल्यमा बेच्दा पनि कसरी हुन्छ घाटा ?

बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले पायो यस्तो रेटिङ Read Next

बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले पायो यस्तो रेटिङ