महिला लघुवित्तको आइपीओमा ६० गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ६० गुणा बढी आवेदन परेको छ ।

 

विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङका अनुसार मंगलबार ५ बजेसम्म १४ लाख ४४ हजार ५८८ आवेदकले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६० गुणा बढी हो ।

 

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

निष्काशन भएको कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको छ ।

 

लघुवित्तको जारी पूँजी १० करोड रुपैयाँ रहेको छ । हाल ६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको ४ करोडको आइपीओ जारीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा प्रमोटरसेयर होल्डरको हिस्सा ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत रहनेछ ।

 

लघुवित्तले चालू आवको दोस्रो त्रैमासमा ५ करोड ४३ लाख खुद मुनाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५९.४६ प्रतिशत बढी हो ।लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ५१.२३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ छ ।

 

गौचरनमा परिणत महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने Read Previous

गौचरनमा परिणत महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

विदेश घुम्न राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने ‘भ्याक्सीन पासपोर्ट’ पनि आवश्यक Read Next

विदेश घुम्न राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने ‘भ्याक्सीन पासपोर्ट’ पनि आवश्यक