सिद्धार्थ क्यापिटलको चौथो म्युचल फण्डको बिक्री खुल्ला

काठमाडौं । सिद्धार्थ क्यापिटलले आफ्नो चौथो सामूहिक लगानी कोषको इकाई बिक्री खुल्ला गरेको छ । क्यापिटलले ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ नामको योजनाको १४ करोड इकाई आजबाट निष्काशन गरेको छ ।

 

जसमध्ये २ करोड १० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याइएको छ भने बाँकी रहेको ११ करोड ९० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

 

सर्वसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले न्यूनतम् १०० ईकाईदेखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्नसक्ने छन् । लगानीकर्ता छिटोमा साउन २७ गतेसम्म र त्यस मितिसम्म सबै इकाई बन्द नभएमा भदौ २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

 

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा तिनको शाखा कार्यालय र मेरो शेयरबाट इकाईमा आवेदन दिन सक्नेछन्।

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा भदौ ५ गते Read Previous

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा भदौ ५ गते

फाइभ–जी विस्तारमा हुवावेलाई रोके भारतीय कम्पनीलाई प्रतिबन्ध लगाउने चीनको चेतावनी Read Next

फाइभ–जी विस्तारमा हुवावेलाई रोके भारतीय कम्पनीलाई प्रतिबन्ध लगाउने चीनको चेतावनी