महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् ।

 

बैंक संचालक समितिको शनिबार बसेको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्दै कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो ।

 

विगत १२ वर्ष देखि यही बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैकिङ्ग अनुभव रहेको छ ।

 

केन्द्रीय बैंकको नीतिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित हुने लम्सालले बताए ।

सेयर बजारका ‘गेम चेञ्जर’ ३ आइपीओ, जसले हजार लगानी गर्नेलाई लखपति बनाउँदै Read Previous

सेयर बजारका ‘गेम चेञ्जर’ ३ आइपीओ, जसले हजार लगानी गर्नेलाई लखपति बनाउँदै

३ दिनमा कतिले भरे महिला लघुवित्तको आइपीओ ? Read Next

३ दिनमा कतिले भरे महिला लघुवित्तको आइपीओ ?