नयाँ उद्योग दर्ता हुने क्रम वर्षेनी घट्दै, पर्यटन क्षेत्र लगानीकर्ताको रोजाइमा

काठमाडौं । सरकारले देशमा औद्योगिक वातावरण रहेको बताइ रहे पनि नयाँ उद्योग दर्ता हुने क्रम भने वर्षेनि घट्दै गएको देखिएको छ ।

 

पछिल्लो ६ वर्षको अन्तरालमा हेर्ने हो भने नेपालमा उद्योग खुल्ने क्रम घटेको देखिन्छ । शुरुका ३ वर्ष नयाँ उद्योग दर्ता हुने क्रम बढे पनि पछिल्लो ३ वर्ष भने घट्दै गएको तथ्यांकले देखाएको छ ।

 

पछिल्लो ६ वर्षमा कुल २ हजार २१० नयाँ उद्योग दर्ता भएका छन् । उक्त उद्योगमा ११ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।

 

६ वर्षको अवधिमा २२ सय बढी उद्योग दर्ता भए पनि हालसम्म कति वटा उद्योग संचालनमा आए भन्ने तथ्यांक छैन ।

 

उद्योग विभागका निर्देशक भक्त जोशीले केन्द्रमा नयाँ उद्योग दर्ता हुने क्रम कम भए पनि समग्रमा नयाँ उद्योग खुल्ने क्रम कम नभएको बताए । सरकार संघीयतामा गएपछि प्रदेश र स्थानीय तहमा पनि उद्योग दर्ता तथा लगानी जाने भएकाले सो जानकारी केन्द्रीय कार्यालयमा नआउँदा उद्योगको संख्या कम हुँदै गएको देखिएको उनले बताए ।

 

‘उद्योग दर्ता कम भएका हैनन्, बढिरहेको छ तर, संघीयतामा गएपछि प्रदेश र स्थानीयमा दर्ता हुने उद्योगहरुका जानकारी आउने व्यवस्था छैन, त्यसैले केन्द्रमा कम देखिएको हो,’ जोशीले चाणक्य पोष्टसँग भने ‘अब ती जानकारी पनि राख्ने तयारीमा छाँै, आगामी वर्षबाट त्यो पनि जानकारी राख्छौं ।’

 

कुन आर्थिक वर्षमा कति उद्योग दर्ता भए ?

 

आर्थिक वर्ष २०७२/७३ मा ४०८ नयाँ उद्योग दर्ता भएका थिए । सो उद्योग १ खर्ब २० अर्ब ३७ करोड रुपैयाँ लगानीमा खुलेको उद्योग विभागको तथ्यांकले देखाउँछ । उद्योगहरुले करिब १८ हजार ७३७ रोजगार सृजना गरेको अनुमान गरिएको छ ।

यसैगरी, आर्थिक वर्षमा २०७३/७४ मा कुल ५०८ उद्योग दर्ता भएका थिए । उक्त उद्योगहरुमा १ खर्ब ६२ अर्ब ९५ करोड रुपैयाँ लगानी भएको थियो भने २६ हजार ४७८ रोजगारी सृजना भएको थियो ।

 

यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा कुल ४९७ वटा उद्योग दर्ता भएका थिए । ३ खर्ब ४९ अर्ब ६१ करोड रुपैयाँ लगानीमा ती उद्योगहरु संचालनमा ल्याइने प्रतिबद्धता जनाइएको थियो । सो उद्योगहरुले २७ हजार बढी मानिसहरुलाई रोजगार दिने अनुमान गरिएको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा कुल ४३९ उद्योग दर्ता भएका थिए । २ खर्ब ८३ अर्ब ३५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने भनिएका सो उद्योगले २३ हजार बढिलाई रोजगार दिने विभागको तथ्यांकमा उल्लेख थियो ।

 

आर्थिक वर्ष २०७६/७७ मा कुल २७७ उद्योग दर्ता भएका थिए । सो उद्योग १ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने बताइएको थियो । सो उद्योगले १७ हजारलाई रोजगार दिने अनुमाना गरिएको थियो ।

 

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा (पुससम्म) १११ उद्योग दर्ता भएका छन् । ७३ अर्ब ९१ करोड रुपैयाँ लगानीका सो उद्योगलहरुले ६ हजार ६०० लाई रोजगार दिने अनुमान गरिएको छ ।

 

कुन क्षेत्रमा कति उद्योग दर्ता भए ?

 

कृषि :  ६ वर्षको अवधिमा कृषि क्षेत्रसँग सम्बन्धित १२५ उद्योग दर्ता भएका छन् । ती उद्योगहरुमा करिब १२ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । कृषि क्षेत्रमा २०७२/७३ मा २८ उद्योगमा ९८ करोड रुपैयाँ, आव २०७३/७४ मा २५ उद्योगमा ३ अर्ब २६ करोड, आव २०७४/७५ मा २२ उद्योगमा २ अर्ब ५१ करोड, आव २०७५/७६ मा २७ उद्योगमा ४ अर्ब ६७ करोड, आव २०७६/७७ मा ९ उद्योगमा १ अर्ब १२ करोड र चालू आवमा १४ उदोगमा ३ अर्ब ५५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

 

पर्यटन : आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म सबैभन्दा धेरै उद्योग पर्यटन क्षेत्रमा दर्ता भएका छन् । सो अवधिमा ६६५ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ८५ अर्ब ६ करोड लगानी प्रस्ताव आएको छ ।

आव २०७२/७३ मा ११ अर्ब १२ करोड लगानीमा ११२ वटा, आव २०७३/७४ मा १४ अर्ब ९९ करोडमा १५४ वटा, आव २०७४/७५ मा २३ अर्ब ८५ करोडमा १५९ वटा, आव २०७५/७६ मा ११ अर्ब ४ करोड रुपैयाँ लगानीमा ११७ वटा, आव २०७६/७७ मा २० अर्ब ५२ करोडमा ९१ वटा र चालू आवमा ३ अर्ब ८१ करोड रुपैयाँ लगानीमा २२ वटा उद्योग दर्ता भएका छन् ।

 

पूर्वाधार  : आव २०७२/७३ देखि चालू आवको पससम्ममा पूर्वाधारतर्फ ११ वटा नयाँ उद्योग दर्ता भएका छन् । आव २०७२/७३ मा एउटा मात्र उद्योग सञ्चालन भएको थियो । उक्त उद्योगमा ३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।

 

यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा ३ उद्योगमा १ अर्ब ६९ करोड, २०७४/७५ मा ४ उद्योगमा ४ अर्ब ६१ करोड, २०७५/७६ मा ३ उद्योगमा १ अर्ब २ करोड र चालू आवमा ३ उद्योगमा ५७ अर्ब लगानी प्रतिबद्धता आएको छ ।

 

ऊर्जा : आर्थिक वर्ष २०७२/७३ मा उर्जा क्षेत्रमा १५ नयाँ उद्योग दर्ता भएका थिए । सो उद्योग ३८ अर्ब ३४ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएका थिए । यसैगरी, २०७३/७४ मा १९ नयाँ उद्यो ८२ अर्ब २० करोड, २०७४/७५ मा ३९ उद्योगमा २ खर्ब ३२ अर्ब ९१ करोड, २०७५/७६ मा ४७ उद्योगमा २ खर्ब १० अर्ब, २०७६/७७ मा उर्जा तर्फ ४४ उद्योगमा १ अर्ब र चालू आवमा १३ उद्योग ५३ अर्ब ६३ करोड रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।

 

सूचना तथा प्रविधि : आर्थिक वर्ष २०७३/७४ मा सूचना प्रविधिमा १४ उद्योग दर्ता भएका थिए । ती उद्योगमा ८९ करोड लगानी प्रस्ताव गरिएको थियो । यसैगरी, आव २०७४/७५ मा सूचना तथा प्रविधितर्फ २४ उद्योगमा ७५ करोड, २०७५/७६ मा ५७ करोड रुपैयाँ लगानीमा २१, आव २०७६/७७ मा २ अर्ब ८४ उद्योगमा १७ उद्योग र चालू आवमा ६५ करोड रुपैयाँ लगानीमा ५ उद्योग दर्ता भएका छन् ।

 

उत्पादनमूलक :  आर्थिक वर्ष २०७२/७३ मा उत्पादनमूलक क्षेत्रमा कुल १३५ उद्योगहरु दर्ता भएका थिए । सो उद्योग ५८ अर्ब ६६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने भनिएको थियो । उक्त उद्योगले ८ हजार ७७९ लाई रोजगार सृजना गरेका थिए । आर्थिक वर्ष २०७३/७४ मा उत्पादनमूलकमा १२५ उद्योग दर्ता भएका थिए । ४३ खर्ब ९६ करोड लगानीको सो उद्योगले १० हजार ६७५ रोजगार सृजना गरेको थियो ।

 

२०७४/७५ मा उत्पादन मूलक तर्फ १३० उद्योग दर्ता भएका थिए । ७७ अर्ब २६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएका सो उद्योगले १२ हजार २७९ ले रोजगार पाएका थिए ।२०७५/७६ मा उत्पादन मूलक क्षे्त्रमा १२१ उद्योग ५२ अर्ब १३ करोड रुपैया लगानीमा दर्ता भएका थिए । सो उद्योगले ११ हजार बढिलाई रोजगार दिने अनुमान गरिएको थियो ।आर्थिक वर्ष २०७६/७७ मा उत्पादन तर्फ ७० उद्योग १९ अर्ब ६२ करोड रुपैयाँ लगानीमा दर्ता भएको थियो । सो उद्योगले ४ हजार बढिलाई रोजगार दिने अनुमान गरिएको थियो । चालू आवमा ३० उद्योग दर्ता भएका छन् । ६ अर्ब ९१ करोड

 

खनिजजन्य उद्योग : आर्थिक वर्ष २०७२/७३ देखि चालू आवको पुससम्मको अवधिमा ९ वटा खनिजन्य उदोग दर्ता भएका छन् । ती उद्योगमा २ अर्ब ६३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

 

६ वर्षको अवधिमा २२ सय बढी उद्योग दर्ता भए पनि हालसम्म कति वटा उद्योग संचालनमा आए भन्ने तथ्यांक छैन ।

 

महिला लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Previous

महिला लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?

अब काठमाडौंका १५ ठाउँमा एटीएमले दिन्छ पिउने पानी, कति रुपैयाँमा तिर्नुपर्छ ? Read Next

अब काठमाडौंका १५ ठाउँमा एटीएमले दिन्छ पिउने पानी, कति रुपैयाँमा तिर्नुपर्छ ?