इन्फ्रास्ट्रक्चर बैंकको सेयर आइतबारदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर नेपाल स्टक एक्सचेञ्जमा (नेप्से)मा सूचीकृत भएको छ ।

 

बैंकले बिहीबार संस्थापक तर्फको १२ करोड कित्ता र सर्वसाधारण तर्फको ८ करोड कित्ता गरी कुल २० करोड कित्ता सेयर सूचीकृत गराएको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै बैंकको सेयर आगामी आइतबारदेखि कारोबारमा आउने छ । बैंकको सेयर कारोबारका लागि नेप्सेले ११३.६२ रुपैयाँदेखि ३४०.८६ रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यही रेञ्जको बीचमा रहेर बैंकको कारोबार खुल्ने छ । कम्पनीको सेयर NIFRA संकेतमा कारोबार हुनेछ ।

 

बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।उक्त आइपीओमा कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । सोमध्ये ६ हजार २७६ आवेदन रद्द भएका थिए भने सदर भएका १४ लाख ७५ हजार ८ जनाले सेयर हात पारेका थिए ।

 

जसमा ५० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका थिए भने सोभन्दा बढी माग गर्नेले गोलाप्रथाबाट ६० कित्ता सेयर पाएका थिए । ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता, ८ लाख ८१ हजार ८७० जनाले ५० कित्ता र ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ता पाएका थिए।

 

हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकको आइपीओ पछि चुक्ता पूँजी २० अर्ब पुगेको छ ।

८० किमी साइकल लेनसहितको पोखरा-रिडी सडक कालोपत्र शुरु Read Previous

८० किमी साइकल लेनसहितको पोखरा-रिडी सडक कालोपत्र शुरु

अब पोखराबाट सिमरा सीधा हवाई उडान हुने, भाडादर कति ? Read Next

अब पोखराबाट सिमरा सीधा हवाई उडान हुने, भाडादर कति ?