८० किमी साइकल लेनसहितको पोखरा-रिडी सडक कालोपत्र शुरु

पर्वत । वैकल्पिक राजमार्गको कालोपत्र शुरु पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–सेतीवेणी–रिडी वैकल्पिक राजमार्गको कालोपत्रको काम शुरु भएको छ ।

 

वैकिल्पक राष्ट्रिय सडकका रूपमा निर्माण शुरु गरिएको नमूना सडकको पर्वतको महाशिला गाउँपालिका–५ मिलनचोकदेखि भोक्सिङ हुँदै सुभद्रीखर्क खण्डमा कालोपत्र शुरु भएको हो ।

 

सडक कालोपत्र गर्ने कामको यसका परिकल्पनाकार तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरे।  यो सडकको एक भागमा साइकल लेन हुनेछ भने अर्को भागमा फुटपाथ बनाउने गरी डीपीआर तयार गरिएको छ ।

 

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै गुल्मीको पर्यटकीय क्षेत्र रिडीसम्मको ८० किलोमिटर लामो सडक निर्माण शुरु गरिएको हो ।

 

सडकको अधिकांश भागमा ट्र्याक ओपनसमेत भइसकेका कारण यसको स्तरोन्नति र कालोपत्र गर्ने काम शुरु भएपछि डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म पक्की सडकमा पुग्ने पर्वतवासीको चाहनाले मूर्तरूप लिने भएको छ ।

 

सङ्घीय सरकारले यस वर्ष उक्त सडकका लागि ३ करोड विनियोजन गरेको छ । यसमा पर्वतका महाशिला गाउँपालिकाले २ करोड ७२ लाख थप गरेको छ । यस वर्ष सडकखण्डअन्तर्गत महाशिलाको मिलनचोक र कास्कीको पामेबाट स्तरोन्नति र कालोपत्रको काम शुरु गरिने छ । यो साइकल लेनसहितको नमूना सडक हो ।

 

यो सडक पोखराको लेकसाइडबाट शुरु भई–पामे–भदौरे हुँदै पर्वतको राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–त्रिवेणी–सेतीवेणीबाट गुल्मीको रिडीसम्म पुग्नेछ । सडकमा पुलसमेत बनाउन नपर्ने र झण्डै दुई दर्जन खोल्सामा कल्भर्ट बनाए पुग्ने देखिएको सडक विभागले जनाएको छ ।

 

यो सडकमा पोखरादेखि सेतीवेणीसम्मै सडकसहित साइकल लेनसमेत बनाउने तयारी भएकाले सरर साइकलमै पोखराबाट सेतीवेणी पुग्न सकिने भएको छ ।रासस

 

अब नयाँ सवारी साधन किन्नेले अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने Read Previous

अब नयाँ सवारी साधन किन्नेले अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने

इन्फ्रास्ट्रक्चर बैंकको सेयर आइतबारदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

इन्फ्रास्ट्रक्चर बैंकको सेयर आइतबारदेखि कारोबारमा आउने, कतिमा खुल्छ पहिलो कारोबार ?