डेप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । डेप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा २५ प्रतिशत कम हो । लघुवित्तले सो आर्थिक वर्षमा ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

नेपाल लाइफको 'सेयर स्प्लीट' प्रस्ताव पारित, अब सेयर संख्या दोब्बर हुने Read Previous

नेपाल लाइफको 'सेयर स्प्लीट' प्रस्ताव पारित, अब सेयर संख्या दोब्बर हुने

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा Read Next

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा