७५ करोडको आइपीओ ल्याउन लागेको सिटिजन लाइफको नाफा ९.८१ प्रतिशतले बढ्यो

काठमाडौं । निकट भविष्यमै ७५ करोड रुपैयाँको प्राथमि साधरण सेयर (आइपीओ) ल्याउन लागेको सिटिजन लाइफ इन्सुरेन्सले खुद मुनाफा वृद्धि गर्न सफल भएको छ ।

 

इन्स्योरेन्सले आइतबार सार्वजनिक गरेकाने चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९.८१ प्रतिशतले वृद्धि गरेको छ ।

 

इन्स्योरेन्सले चालू आवको पुससम्म ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा ९८ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा इन्स्योरेन्सले खुद बीमा शुल्क संकलन ७३.२९ प्रतिशतले वृद्धि गरेको छ । पुससम्म इन्स्योरेन्सले १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र खुद बीमा शुल्कबाट संकलन गरेको थियो ।

 

हाल १ अर्ब ७५ करोड रुपैयाँ इन्स्योरेन्सको रिजर्भ कोषमा ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ संचित छ । कम्पनीले आइपीओ जारी गरी बीमा समितिले तोकेको न्यूनतम चुक्त पूँजी २ अर्ब पुर्याउने तयारी गरेको छ ।

 

कम्पनीले यस अघि नै साधरण सभाबाट ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ प्रस्ताव पारित गरिसकेको छ ।

 

पुस मसान्तसम्म जीवन बिमा कोषको आकार पनि १२९.७० प्रतिशतले बढेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बीमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र थियो ।

 

कम्पनीले समीक्षा अवधिसम्म १ लाख ६० हजार ३८ वटा बीमालेख जारी गरेको छ । गत वर्षको सोही अवधिसम्म १ लाख १३ हजार ४५३ वटा पोलिसी जारी गरेको थियो ।

चन्द्रागिरीको सेयर पनि शिवम् र पुनर्बीमाको जस्तै महँगो बन्ने सम्भावना कति ? Read Previous

चन्द्रागिरीको सेयर पनि शिवम् र पुनर्बीमाको जस्तै महँगो बन्ने सम्भावना कति ?

पहिलो चरणमा १ लाख ८५ हजारले लगाए कोरोनाको खोप Read Next

पहिलो चरणमा १ लाख ८५ हजारले लगाए कोरोनाको खोप