काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीले शुक्रबार संस्थापक र सर्वसाधरण गरी कुल १ करो ५३ लाख ४० हजार ९१० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै चन्द्रागिरीको सेयर आइबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको सेयर ऋन्ज् संकेतमा कारोबार हुनेछ ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.६९ देखि २९०.०७ रुपैयाँको ओपन रेन्ज तोकेको छ । यसकै बीचमा रहेर कम्पनीको सेयर कारोबार शुरु हुनेछ । यद्यपि, आइतबार प्रि ओपन सेसनमा कारोबार हुन नसके सो दिन कारोबार हुनेछैन ।
कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीको आइपीओमा कुल १२ लाख ११ हजार ११५ जनाले आवेदन दिएका थिए । सोमध्ये भाग्यमानी १ लाख ३९ हजार ६०२ जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १० लाख ७१ हजार ५१३ आवेदकको हात रित्तो भएको छ ।