काठमाडौं । चन्द्रागिरी हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) सेयरधनीको डिम्याट खातामा आएको छ ।
गतहप्ता आइपीओ बाँडफाँड गरेको कम्पनीले सीडीएस एण्ड क्लिएरिङमा सेयर सूचीकृत गरेसँगै सीडीएसले सेयरधनीको खातामा पठाएको हो ।
यस्तै, चन्द्रागिरी हिल्सले शुक्रबारसम्म नेपाल स्टक एक्स्चेन्जम सेयर सूचीकृत गराउने तयारी गरेको छ । यससाता नेप्सेमा सूचीकृत भए कम्पनीको सेयर आगामी आइबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ ।
कम्पनीको सेयर CGH संकेतमा कारोबार हुनेछ । कम्पनीको पहिलो कारोबारको लागि ९६.९९ देखि २९०.०७ को रेन्ज पाउनेछ । सामान्यतः कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्जमा पहिलो कारोबार हुने गर्दछ ।
कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको थियो ।
कम्पनीको आइपीओमा कुल १२ लाख ११ हजार ११५ जनाले आवेदन दिएका थिए । सोमध्ये भाग्यमानी १ लाख ३९ हजार ६०२ जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १० लाख ७१ हजार ५१३ आवेदकको हात रित्तो भएको छ ।