काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
बैंकले गत आवको मुनाफाबाट घोषणा गरेको ८.४२ प्रतिशत लाभांश पारित गर्न साधारण सभा प्रयोजनका लागि माघ २३ गते बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले मात्र लाभांश र साधरण सभामा भाग लिन पाउने छन् ।
बैंकले आव २०७६/७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र करप्रयोजनका लागि ०.४३ प्रतिशत नगद गरी कुल ८.४३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सो लाभांश पारित गर्न बैंकले माघ फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।