शुक्रबारदेखि ३५ करोडको आइपीओ विक्रीमा आउँदै

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २३ गते (शुक्रबार) देखि ३५ करोड रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।

 

सोमध्ये १ लाख ३ हजार ६०० कित्ता मात्र विक्री भएको थियो । बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्तासहित ३४ लाख ९६ हजार ४०० आइपीओ निष्काशन गर्न लागेको हो ।

 

कम्पनीको आइपीओमा माघ २७ गतेसम्ममा आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन पाइनेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न अवस्था औसतभन्दा कम रहेको जनाउँदछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ले बीओके क्यापिटल लिमिटेड रहेको छ ।

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक Read Previous

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ९ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ९ कम्पनीका लगानीकर्ता भए मालामाल