सेयर बजारमा किन गयो भीषण पहिरो ? लगानीकर्ताले एकैदिन गुमाए ७३ अर्ब

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आइतबार करिब ५५ अंकको गिरावट आएको छ ।

 

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको आज दोस्रो दिन हो । बिहीबार नेप्से करिब १६.५५ अंकले घटेको थियो ।

 

बजारमा ठूलो गिरावट आउँदा लगानीकर्ताले एकैदिन करिब ७३ अर्ब गुमाएका छन् । बिहीबार ३२ खर्ब ६६ अर्ब रहेको लगानीकर्ताको कुल सम्पत्ति घटेर आज ३१ खर्ब ९३ सीमित भएको छ ।

 

अघिल्ला दुईसाता लगातार बढेको सेयर बजारमा प्रफिट बुक गर्ने हाबी हुँदा करेक्शन आएको हो । बजार घट्ने अन्य खास कारण केही नभए पनि अल्पकालीन कारोबारी हाबी हुँदा बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउँछन् ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । घटेको मौका छोपी सेयर उठाउनेहरु हाबी हुँदा करिब ९ अर्ब रुपैयाँको कारोबार भएको छ ।

 

सेर बजारमा सामान्य करेक्शन आइरहने भएकाले लगानीकर्ताहरु आँत्तिहाल्नु पर्ने अवस्था नरहेको जानकारहरु बताउँछन् । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेको र कर्जाको ब्याजदरसमेत एकल अंकको रहेकाले बजारमा ठूलो गिरावट आइहाल्न अवस्था नरहेको उनीहरुको भनाइ छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५४.७५ अंकले घटेर २३७०.५५ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० रुपैयाँ बराबरको १ करोड ६२ लाख ७७ हजार २३५ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४६०.३७ अंकले घटेको ।

 

कारोबारमा आएका २०६ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । पछिल्लो दुई सातादेखि सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ४३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा शिखर इन्स्योरेन्स ३४ करोड र प्रभु लाइफ इन्स्योरेन्स ३१ करोड हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज रिलायन्स फइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.३० प्रतिशत गुमाएका छन् ।

उखु अभावले सिजनमै चिनी उद्योग सुनसान, मिललाई उखु दिनुको सट्टा आफैं सख्खर पेल्दै किसान Read Previous

उखु अभावले सिजनमै चिनी उद्योग सुनसान, मिललाई उखु दिनुको सट्टा आफैं सख्खर पेल्दै किसान

६ महिनामै भित्रियो ४८ अर्बको पेट्रोलियम पदार्थ Read Next

६ महिनामै भित्रियो ४८ अर्बको पेट्रोलियम पदार्थ