भारतीय कम्पनीले पायो ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना

काठमाडौं । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ ।

 

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीज्यूको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो ।

 

कूल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश नं १ को सङ्खुवासभा र भोजपुर जिल्लामा अवस्थित रहने छ ।

 

विसं २०७५ चैतमा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो ।

 

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, १००० मेगावाट बिजुली आयात-निर्यात गर्न सकिने Read Previous

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, १००० मेगावाट बिजुली आयात-निर्यात गर्न सकिने

यूएईले विदेशीलाई नागरिकता दिँदै, कस्ता व्यक्तिले पाउँछन् ? Read Next

यूएईले विदेशीलाई नागरिकता दिँदै, कस्ता व्यक्तिले पाउँछन् ?