सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, यी ७ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय प्रायःजसो दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

 

मंगलबार मात्र इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो ।

 

नेप्सेले २४४१ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४४० विन्दु पार गरेको इतिहासमै दोस्रोपटक पटक हो । यसअघि मंगलबार नेप्सेले इतिहासकै उच्च २४४० विन्दु पार गरेको थियो ।

 

 

आज सेयर बजार मापक सूचक नेप्से १८.७६ अंकले बढेर २४४१.८५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ८ अर्ब ६२ लाख ३८ हजार ७७० रुपैयाँ बराबरको १ करोड २२ लाख ८९ हजार २५९ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १०५१.१८ अंकले बढेको छ भने उत्पादनमूलक समूह ३३.७५ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०८ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्यमा गिरावट आएको छ । २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ९३ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा प्राइम कमिर्शयल बैंक ३७ करोड र नेपाल बैंक २८ करोड सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स,प्रभु लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रो र एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज पोखरा फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ७.०५ प्रतिशत गुमाएका छन् ।

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, १ महिनामा ४४ मिटर सुरुङ खनियो Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, १ महिनामा ४४ मिटर सुरुङ खनियो

४ चिनी उद्योगले तिरे उखु किसानको ५४ करोड बक्यौता, अझै ११ करोड भुक्तानी हुन बाँकी Read Next

४ चिनी उद्योगले तिरे उखु किसानको ५४ करोड बक्यौता, अझै ११ करोड भुक्तानी हुन बाँकी