काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गरेको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा प्रयोजनका लागि माघ १४ देखि २८ गतेसम्म बुकक्लोज मिति तोकेका छन् । सो अनुसार आजसम्म सेयर किन्नेले मात्र लाभांश र साधरण सभामा भाग लिन पाउने छन् ।
नेपाल लाइफले आव २०७५/७६ को मुनाफाबाट ३१ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सो लाभांश पारित गर्न कम्पनीले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।