काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित २ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।