कोरोनाका बीच पर्यटन क्षेत्रमा लगानी थपिँदै, रेष्टुरेन्टदेखि केबलकारमा साढे ३ अर्ब लगानी

काठमाडौं । कोरोना कहरकै बीच पर्यटन क्षेत्रमा नयाँ लगानी हुन थालेको छ । कोरोनाले समग्र विश्व पर्यटन क्षेत्र नै प्रभावित भएको छ । पछिल्लो समय कोरोनाको खोप बनेसँगै लगानीकर्ता आशावादी हुँदा यस क्षेत्रमा लगानी गर्न थालेका हुन् ।

 

कोरोनाकै बीच पछिल्ला केही महिना यता पर्यटकीय चहलपहल शुरु भएको छ । विश्वव्यापी रुपमा कोरोनाको खोप अभियान जारी छ । आन्तरिकसँगै क्रमशः विदेशी पर्यटकको आवगमन बढ्न थालेको छ । जसले यसअघि लगानी गरेका र नयाँ लगानी गर्न चाहने उद्यमीहरु आशावादी हुँदा पर्यटन क्षेत्रमा नयाँ लगानी थपिने क्रम बढ्दै गएको हो ।

 

कोरोनाकै बीच पछिल्ला केही महिना यता पर्यटकीय चहलपहल शुरु हुनु, विश्वव्यापी रुपमा कोरोनाको खोप अभियान चल्नु, विदेशी पर्यटकको आवगमन बढ्न थालेकाले उद्यमीहरु आशावादी हुँदा पर्यटन क्षेत्रमा नयाँ लगानी थपिने क्रम बढ्दै गएको हो ।

 

कोरोना करहकै बीच चालू आवमा पर्यटन क्षेत्रसँग सम्बन्धित १९ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार ३ अर्ब ३६ करोड रुपैयाँ लगानीमा ती उद्योगहरु संचालनमा ल्याइने छ । उक्त उद्योग सञ्चालनमा आएपछि ६७३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

 

होटल एशोसिएसन नेपाल (हान)का महासचिव सजन शाक्यका अनुसार कोरोनाले थलिएको पर्यटन क्षेत्र खोप आएसँगै क्रमशः चलायमान हुनथाले पछि व्यवसायी आशावादी हुँदा नयाँ लगानी थपिने क्रम बढेको हो । ‘कोरोना अघि लगानी गरेका व्यवसायीले बीचमा केही नोक्शानी व्यहोर्नु परे पनि अहिले व्यवसायले क्रमशः गति लिँदै गएको छ,’ उनले भने, ‘विश्वव्यापी खोप अभियान शुरु भएकाले अब विदेशी पर्यटक आउने क्रम पनि बढ्ने आशामा लगानीकर्ताले यस क्षेत्रमा लगानी बढाउन थालेका हुन् ।’

 

पर्यटन क्षेत्रमा एक पटक लगानी गरेपछि लामोसमयसम्म थप लगानी गर्नु नपर्ने र निरन्तर आम्दानी भइरहने भएकाले पछिल्लो समय यस क्षेत्रमा मानिसहरुको आकर्षण बढेको उनले बताए । पर्यटन क्षेत्रमा होटल तथा रेष्टुरेन्टमा लगानी गर्दा पछि गएर त्यसको प्रोपर्टी भ्यालु समेत बढेर जाने उनले बताए ।

 

विगतमा २०२० लाई लक्षित गरेर खुल्न थालेका होटल बनिसकेपछि दर्ता भइरहेका छन् । उनले २/३ वर्ष अघिदेखि बनाउन शुरू गरिएको होटल अहिले आएर बनेपछि दर्ता भएको बताए ।

 

२०१९ मा १२ लाख बढी पर्यटन नेपाल भित्रिएका थिए । २०२० मा २० लाख पर्यटन भित्राउने लक्ष्य सहित सरकारले २०२० घोषणा गरेको थियो । सो घोषणा पश्चात नेपालमा पर्यटन क्षेत्रमा आन्तरिक तपथा वैदेशिक दुवै तर्फ लगानी बढेको देखिन्छ । तर, २०२० मा कोरोनाका कारण पर्यटन आउन सकेनन् । २०२१ मा पनि धेरै पर्यटन आउन सक्ने अवस्था भने नरहेको शाक्य बताउँछन् ।

 

विश्वभर कोभिडका कारण आर्थिक संकट हुँदा घुम्न हिँड्नेको संख्या कम हुने भएकाले पर्यटन क्षेत्र फस्ताउन अझै समस्या हुने उनले बताए । ‘सबै होटल रेष्टुरेन्टहरु खुलेका छन्, तर अझै ३/४ वर्ष पर्यटनको फ्ला राम्रो हुन समय लाग्छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ‘अहिले २०२० लाई लक्षित गरेर बन्न थालेका होटल रेष्टुरेन्टहरु दर्ता भएका हुन, नयाँ लगानी आउन अझै समय लाग्छ ।’

 

उनले २०२१ मा गत वर्षको भन्दा २० देखि २५ प्रतिशत बढी मात्र पर्यटन भित्रिने बताए । २०२२ मा ४० हुँदै विस्तारै फेरि पर्यटनको फ्लो बढ्ने अनुमान गरिएको उनले बताए ।

 

होटल तथा रेष्टुरेन्टमा २ अर्ब बढी लगानी थपिँदै

 

चालू आवमा होटल तथा रेष्टुरेन्टमा थप २ अर्ब लगानी प्रस्ताव आएको छ । चालू आवमा दर्ता भएका नयाँ पर्यटन सम्बन्धी उद्योगहरुमा तारे होटभन्दा साना तथा मझौला खालका होटल र रेष्टुरेन्ट धेरै रहेका छन् । लगानीकर्ताले देशका मुख्य पर्यटकीय क्षेत्र काठमाडौं, पोखरा लगायत सहरलाई केन्द्रविन्दुमा राखेर लगानी गर्न लागेका छन् ।

 

चालू आवको ६ महिनामा मात्रै काठमाडौंमा मात्रै १० वटा नयाँ पर्यटकीय स्तरका होटल तथा रेष्टुरेन्ट दर्ता भएका छन् । काठमाडौंमा युयाङ्गलोउ रेष्टुरेन्ट संचालनमा आउने भएको छ । १५ करोड रेष्टुरेन्ट वैदेशिक लगानीमा उक्त रेष्टुरेन्ट खुल्न लागेको हो ।

 

यसैगरी, काठमाडौंमै २५ करोड लानीमा होटल लुसोङ्शी, ५ करेडमा आल मक्का हलाल फुड, १० करोड विदेशी लगानीमा फुटा होटल १५ करोडमा छि बेई होटल बन्ने भएको छ ।

 

 

यस्तै, काठमाडौंमा २५ करोड विदेशी लगानीमा वाङ चेन होटल एण्ड रेष्टुरेन्ट, २५ करोडमै यु हाईबो होटल एण्ड रेष्टुरेन्ट, १५ करोड रुपैयाँमा वान वान सिअङ्ग रेटुरेन्ट, १५ करोडमा किअन चेङ्ग होटल विथ रेष्टुरेन्ट, ५ करोडमा ब्यूटिफूल ड्रिम रेष्टुरेन्ट खुल्न सञ्चालनमा आउने भएको छ ।

 

यस्तै, देशको पैमुख पर्यटकीय नगर पोखरामा ५ करोड लगानीमा मो लि ह्वा काई रेष्टुरेन्ट, ५ करोडमै समाधी भिलेज, साढे ५ करोडमा अशोका सेक्रेट गार्डेन खुल्न, कास्कीकै माछापुच्छ«े नगरपालिकामा ५ करोड लगानीमा स्वर रिट्रिट रेष्टुरेन्ट संचालन हुने भएको छ ।

 

यस्तै, १६ करोड लगानीमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निर्भाना लक्जरी इन्टरनेशनल खुल्ने भएको छ । सो क्यासिनो विशेषगरी पर्यटनलाई लक्षित गरेर बनाइने छ । सो क्यासिनोमा ७३ हजार मानिसरु अट्ने छन् । यो आन्तरिक लगानीमा बनाउन लागिएको हो ।

 

केबलकारमा १ अर्ब ३२ करोड लगानी

 

चालू आवमा पर्यटन क्षेत्रमै केबलकार निर्माणमा १ अर्ब ३२ करोड लगानी प्रस्ताव आएको छ । उक्त लगानीमा काठमाडौं उपत्यकामा २ वटा केबलकार संचालमा आउने छन् ।

फुल्चोकी केबलकार ललितपुर जिल्लामा गोदावरी नगरपालिकामा सञ्चालनमा ल्याइने भएको छ । ६६ करोड रुपैयाँ आन्तरिक लगानीमा बन्न लागेको सो केबुल कारले वार्षिक ११ लाख मानिसहरुलाई सेवा दिने छ ।

 

काठमाडौँको नार्गाजुन नगरपालिकामा भ्यू नार्गार्जुन केबलकार बन्ने भएको छ । सो केवल कार ६६ करोड रुपैयाँ लगानीमा बन्न लागेको हो । उक्त केवल कारले वार्षिक ११ लाख जनालाई सेवा प्रदान गर्ने छ । यो आन्तरिक लगानीमा बन्न लागेको हो ।

 

यस्तै काठमाडौंमा वेस क्याम्प ट्रेकिङ्ग एण्ड एक्सपिडिसन ट्रेकिङ्ग र टुर सेन्टर खुल्न लागेको छ । ४० लाख रुपैयाँ लगानीमा खुल्न लागेको ट्रेकिङ्ग सेन्टर ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत वैदेशिक लगानीमा खुल्न लागेको हो ।

ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोडको आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति Read Previous

ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोडको आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट, कति जनाले पाए सेयर ? Read Next

चन्द्रागिरी हिल्सको आइपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?